सिद्धार्थ इन्स्योरेन्सको लाभांश प्रस्ताव |
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको माघ १८ गते बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजी एक अर्ब १२ करोड रुपैयाँको १५ प्रतिशतले हुन आउने १६ करोड ८० लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.७८९५ प्रतिशतले हुन आउने ८८ लाख ४२ हजार १०५ रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले वितरण गर्ने उक्त लाभांश बीमा समितिको स्वीकृति पश्चात आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।
शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर वितरण गरेपछि कम्पनीको चुक्ता पूँजी एक अर्ब २८ करोड ९५ लाख रुपैयाँ पुग्नेछ ।