११ प्रतिशतले बढ्यो एप्पलको विक्री |
माइक्रोचिपको विश्वव्यापी अभाव भए पनि क्रिसमसको समयमा एप्पलको बिक्री बढेको छ । एप्पलको बिक्री अक्टोबर र डिसेम्बरको बीचमा ११ प्रतिशतले बढेर ४१२३.९ बिलियन पुगेको कम्पनीले जनाएको छ ।
बजार बन्द भएपछि कम्पनीको शेयर मूल्य चार प्रतिशतले उकालो लागेकोले कम्पनीले प्राप्त गरेको बृद्धिलाई निरन्तरता दिने प्रतिवेदनमा उल्लेख छ । कोरोना महामारीका बेला मानिसहरुले अनलाइनमा बढी समय बिताएको कारण एप्पलको बिक्री बढेको हो ।
विज्ञहरूले गत वर्ष माइक्रोचिपको विश्वव्यापी अभावले एप्पलको बिक्रीलाई असर गर्न चेतावनी दिएका थिए । तर, बिहीबार कम्पनीले आफ्ना लगानीकर्ताहरूलाई त्रैमासिक तथ्याङ्कको बारेमा जानकारी गराएको छ । जसले कम्पनी यो संकटबाट जोगिएको देखाउँछ ।
एप्पलको उत्पादन ‘म्याक’को बिक्री १२ प्रतिशत र ‘आईफोन’को बिक्री ९ प्रतिशतले बढेको छ । विज्ञहरूले आईप्याडको बिक्री सबैभन्दा बढी प्रभावित हुने अनुमान गरेका थिए र यो उत्पादन मात्रै बिक्रीमा १४ प्रतिशतले गिरावट आएको थियो।