नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार रकम साढे ६ अर्ब नाग्यो |
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) मंगलबार दोहोरो अंकले वृद्धि भएको छ । मंगलबार नेप्से सूचकांकमा १९.२६ विन्दुले वृद्धि भएर दुई हजार आठ सय ९१ दशमबल ३० पुगेको छ । मंगलबार नेप्से शुन्य दशमलब ६७ प्रतिशतले बढेको छ ।
१४८ कम्पनीका लगानीकर्ताले कमाउदा नेप्सेमा ६ अर्ब ५७ करोड ४८ लाख बराबरका शेयर खरिद विक्री भएको छ । त्यस्तै ३७ कम्पनीका लगानीकर्ताले भने मंगलबार गुमाएका छन् । त्यस्तै ५ कम्पनीका लगानीकर्ताले भने आफ्नो लगानी यथावत राख्न सफल भएका छन् ।
मंगलबार दुई वटा कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । विन नेपाल लघुवित्त र बुद्धभूमि नेपाल जलविद्युत कम्पनीका शेयरमूल्यमा आज सर्किट लेभलमा वृद्धि भएको छ । आज नेशनल हाइड्रो कम्पनीको ३९ करोड बराबरको शेयर खरिद विक्री भएको नेप्सेले जनाएको छ ।