रेडमी नोट ११ नेपाली बजारमा, यस्ताे छ मूल्य सूची |
काठमाडौं । शाओमीले नेपाली बजारमा रेड्मी नोट ११ लन्च गरेको छ । फ्ल्यागशिप क्यामेराको अनुभव अझ निखार्नको लागि रेड मि नोट २२एमएए ५० एमपी मेन क्यामेरा, ८ एमपी अल्ट्रा-वाइड क्यामेरा, २ एमपी म्याक्रो क्यामेरा र २ एमपी डेप्थ क्यामेरासहित आएको कम्पनीले जानकारी दिएको छ ।
११८ डिग्रीको भ्युइङ एंगल भएको ८ एमपीको अल्ट्रा-वाइड क्यामराले राम्रो पोर्ट्रेट फोटो खिच्नुको साथै २ एमपीको म्याक्रो क्यामराले नजिकको वस्तुहरु राम्रो डिटेलसहित खिच्न सक्छ । साथै यसको अगाडिपट्टि रहेको १३ एमपी पोर्ट्रेट क्यामराले प्राकृतिक र स्पष्ट देखिने सेल्फी कैद गर्न सक्छ ।
रेडमी नोट ११ ग्राफाइट ग्रे, ट्वाइलाइट ब्लु, स्टार ब्ल मा अथोराइज्ड मी स्टोर, अनलाइन र रिटेल पार्टनरहरु १३ माघ २०७८ बाट उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।
मूल्यसूची:
४ जीबी + ६४ जीबी भेरियन्ट रु २२ हजार ९९९
४ जीबी + १२८ जीबी भेरियन्ट रु २४ हजार ९९९
६ जीबी + १२८जीबी भेरियन्ट रु २६ हजार ९९९