मेगा बैंकको नाफा बढ्यो |
काठमाडौं । मेगा बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सामान्य नाफा बढेको वित्तीय विवरण सार्वजनिक गरेको छ।
गत आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब ३० करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले चालु आर्थिक वर्षको सोहि अवधिमा १ अर्ब ३९ करोड ९९ लाख रुपैयाँ नाफा कमाएको छ जुन गत वर्षको सोहि अवधिको तुलनामा ७१.६८ प्रतिशतले धेरै हो।
बैंकको खुद ब्याज आम्दानी भने २ प्रतिशतले घटेको छ। सञ्चालन आम्दानी ४ प्रतिशतले घटेको छ। उसको इम्पेरिमेन्ट चार्ज घट्दा नाफा केहि बढेको हो।
१६ अर्ब १२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ३ अर्ब ७१ करोड रुपैयाँ छ।
बैंकको निक्षेप संकलन ३४ प्रतिशतले बढेर १ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा लगानी ४ प्रतिशतले बढेर १ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको छ।
बैंकको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ३७ पैसा छ भने प्रतिशेयर नेटवर्थ १३३ रुपैयाँ ६ पैसा छ।