गोर्खाज फाइनान्सको नाफा घट्यो |
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा गोर्खाज फाइनान्सको नाफासँगै प्रतिसेयर आम्दानी घटेको छ । यसअवधिमा फाइनान्सको खुद नाफा ७४.८५% ले घटेर १ करोड ६५ लाख ७० हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ६ करोड ५८ लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै घटेकाले खुद नाफा प्रभावित भएको हो ।
खुद ब्याज आम्दानी ५४.९२% ले घटेर ६ करोड १९ लाख २९ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष यसैअवधिमा यसले १३ करोड ७३ लाख ६९ हजार रुपैयाँ खुद ब्याज आम्दानी कमाएको थियो । सञ्चालन नाफा ८७.०३% ले घटेर ३ करोड १५ लाख ५९ हजार रुपैयाँमा सीमित भएको छ ।
त्यस्तै, गोर्खाज फाइनान्सको खराब कर्जा बढेको छ । खराब कर्जा ३.७५% ले बढेर ८.१७% पुगेको छ । पुस मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ३४ रुपैयाँ ७९ पैसाले घटेर ४ रुपैयाँ ४६ पैसामा सीमित भएको छ । खुद नाफा घटेकाले त्यसको असर प्रतिसेयर आम्दानीमा परेको हो । प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ १७ पैसा छ