एनआइसी एसिया लघुवित्तको खुद नाफा १२२.०८% बढ्यो |
काठमाडौं । एनआइसी एसिया लघुवित्तको खुद नाफामा आकर्षक वृद्धि भएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा खुद नाफा १२२.०८% ले बढेर ३५ करोड ४८ लाख ६५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा भने १५ करोड ९७ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा कम्पनीको खुद ब्याज आम्दानी ९०.१२% र सञ्चालन नाफा १८३.७३% ले बढेपछि खुद नाफामा पनि आकर्षक सुधार भएको हो ।
यता, खुद नाफामा उच्च सुधार भएका कारण प्रतिसेयर आम्दानी पनि १९ रुपैयाँ १८ पैसाले बढेर ४० रुपैयाँ ७७ पैसा पुगेको छ । यसको प्रतिसेयर नेटवर्थ १६८ रुपैयाँ ४३ पैसा छ । रिजर्भ कोषमा पनि आकर्षक सुधार भएको छ । रिजर्भ कोष १७१.१६% ले बढेर १ अर्ब १९ करोड ५ लाख ८७ हजार रुपैयाँ पुगेको छ ।