बिजबजारको बिजनेस पार्टनरमा साइन्टिफिक बिजनेश हव |

काठमाडौं । ‘जे चाहिन्छ, त्यो पाइन्छ’ भन्ने नाराका साथ सञ्चालनमा आएको बिजबजार इकमर्स प्लेट फर्मको बागमती विशेष प्रदेशको आधिकारिक बिजनेस पार्टनरमा साइन्टिफिक बिजनेश हव प्रा.लि. नियुक्त भएको छ।
यस सम्बन्धी सम्झौता पत्रमा बिजबजार र साइन्टिफिक बिजनेश हव प्रा.लि. बीच हस्ताक्षर भएको छ।
सम्झौता पत्रमा बिजबजारका तर्फबाट फ्रेन्चाइज डिस्ट्रीब्यूशन अफिसर चिन्तामणि शर्मा र साइन्टिफिक बिजनेश हबका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उत्सव ढकालले हस्ताक्षर गरेका छन्।
यस क्षेत्रमा साइन्टिफिक बिजनेश हब प्रा.लि. ले बिजबजारको व्यापार विस्तार तथा व्यापारिक रणनीतिक साझेदारको रूपमा काम गर्ने छ।
बिजबजारले देशका ७७ वटै जिल्लाहरूबाट आफ्नो सेवा प्रवाह गर्ने उद्देश्यका साथ सातै प्रदेशमा आफ्ना आधिकारिक बिजनेस पार्टनरहरू नियुक्त गरिसकेको छ।