३८.३५ अंकले घट्याे नेप्से, ६ अर्ब २ करोडको काराेबार |
काठमाडौं । आज (बुधबार) सेयर बजारमा भारी गिरावट देखिएको छ । हिजाे पनि बजार घटेकाे दियाे । आज पनि फेरि बजारले ओरालो यात्रालाई नै निरन्तरता दिएकाे हाे । बजारमा बिक्रेता हावी हुँदा भारी गिरावट देखिएकाे जानकारहरू बताउँछन् ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ३८.३५ अंकले घटेर २८९८.३१ विन्दुमा झरेकाे छ । नेप्से १.३१ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि १.४३ अंकले बढेर ५३९.६५ विन्दुमा पुगेको छ ।
कूल २२८ वटा कम्पनीकाे एक कराेड १८ लाख ३७ हजार २ सय १५ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब २ करोड १३ लाख ११ हजार ८ सय ८१ रूपैयाँ ३ पैसा बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।
स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर घटेको छ ।
बुधबार पनि अपि पावर कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे २० कराेड ३२ लाख २१ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।
बुधबार बुद्धभूमी नेपाल हाइड्राेपावर कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् । कम्पनीकाे सेयरमूल्य ९.९७ प्रतिशतले बढेर २ सय ८७ रूपैयाँ ८० पैसा पुगेकाे छ ।
आज घलेम्दी हाइड्राेपावर कम्पनी लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ४.३४ प्रतिशतले घटेर प्रतिकित्ता ३ सय ५३ रूपैयाँमा झरेकाे छ ।