टोयोटा एक्सचेञ्ज क्याम्प आयोजना |

काठमाडौं । टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्सले नेपालगन्जमा टोयोटा एक्सचेञ्ज क्याम्प आयोजना गर्ने भएको छ । बिहिबार नेपालगन्ज नर्सिङ्ग होम र शुक्रबार सिद्धार्थ होटलमा उक्त क्याम्प आयोजना हुने कम्पनीले जनाएको छ ।
ग्राहकका लागि उत्कृष्ट एक्सचेन्ज योजना र आफ्नो सवारीसाधन अभिवृद्धि गर्न युनाइटेड ट्रेडर्सले उक्त योजना ल्याएको हो । यस एक्सचेन्ज क्याम्पमा युटिएसले प्रत्येक गाडीको खरिदमा आफ्ना ग्राहकहरुलाई नगद छुट, पुरानो गाडीको उचित मुल्यांकन लगायतका अफरहरु प्रदान गर्ने बताएको छ ।