२० दशमलव ६४ अंकले बढ्यो नेप्से, ७ अर्ब ९० करोड रुपैयाँको कारोबार |
काठमाडौं । साताको दोस्रो दिन सोमबार पनि शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर कारोबार मापक नेप्से परिसूचक २० दशमलव ६४ अंकले बढेर २ हजार ९ सय ४७ दशमलव ३८ अंकले पुगेको छ ।
कारोबार रकम भने आइतबारको भन्दा केही कमी भयो । आइतबार ९ अर्ब ६४ करोड भन्दा धेरैको कारोबार भएकोमा सोमबार ७ अर्ब ९० करोड रुपैयाँको कारोबार भएको छ । बजार समग्रमा बढेपनि केही कम्पनीहरुको शेयरमूल्य भने घटेका छन् । धेरै जसो कम्पनीहरुको शेयर मूल्य बढेको छ ।
सबैभन्दा धेरै शेयर मूल्य बढ्नेमा मध्य भोटेकोशी हाइड्रोपावर कम्पनी पहिलो नम्बरमा देखिएको छ । यस कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर ४५८ रुपैयाँ ८० पैसा पुगेको छ । दोस्रोमा सनराइज ब्लुचिपको शेयर मूल्य ८.३३ प्रतिशतले बढेर ९ रुपैयाँ ८८ पैसा पुगेको छ भने सिंगटी हाइड्रोको ८.१९ प्रतिशतले बढेर ४८९ रुपैयाँ पुगेको छ ।
यसैगरी सीईडीबी हाइड्रोपावरको ८.०१ प्रतिशतले बढेर ९७२ रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चरको ७.७८ प्रतिशतले बढेर ७२० रुपैयाँ, सामलिङ पावरको ७.०४ प्रतिशतले बढेर ५९३ रुपैयाँ, नेपाल एसबीआईको ६.०२ प्रतिशतले बढेर ४०५ रुपैयाँ, हिमालयन उर्जा विकासको ५.९५ प्रतिशतले बढेर ५४४.६० रुपैयाँ, अरुणभ्याली हाइड्रोपावरको ५.८९ प्रतिशतले बढेर ५७१.३० रुपैयाँ र लिवर्टी इनर्जीको ५.२६ प्रतिशतले बढेर ३९६ रुपैयाँमा पुगेको छ ।