कोरोना बढेसँगै इण्डियन आइडल पवनदिपको कार्यक्रम स्थगित |

काठमाडौं । कोरोना संक्रमण बढेसँगै बिभिन्न कार्यक्रमहरु प्रभावित बन्न पुगेको छ । यही पौष ३० गते इण्डियन आइडल २०२१ बिजेता पवनदीप राजनको हायात रेजेन्सीको कार्यक्रम र माघ १ गते ठमेलको लर्ड अफ ड्रिंक्स (एलओडी)को कार्यक्रम स्थगित भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंको पछिलो सुचना अनुसार कार्यक्रम स्थगित गरिएको आयोजकले जनाएका छ्न । कोरोना संक्रमण बढ्दै गएपछि भीडभाड हुने सभा सम्मेलन, कार्यक्रम धमाधम स्थगित भइरहेका छन् । आयोजकका अनुसार अर्को सुचना पछी मात्र कार्यक्रमको आगामी तयारी रहने बताएका छन ।