त्रिवेणी व्यापार कम्पनीद्वारा ‘रिटेलर्स स्किम-२०७८’ का विजेतालाई पुरस्कार हस्तान्तरण |

वीरगञ्ज । त्रिवेणी व्यापार कम्पनीले ‘रिटेलर्स स्किम-२०७८’ का विजेताहरुलाई पुरस्कार वितरण गरेको छ । गत वर्ष सञ्चालित अफर अन्तर्गत पुरस्कार जितेका थोक विक्रेताहरुलाई कम्पनीले पुरस्कार वितरण गरेको हो ।
शनिबार वीरगञ्जस्थित होटेल भिस्वामा आयोजित कार्यक्रममा कम्पनीले १५० भन्दा बढी थोक विक्रेताहरुलाई पुरस्कार वितरण गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
त्रिवेणी व्यापार अन्तर्गत नेपालभरि विक्रीवितरण हुने ब्राण्डहरुलाई उच्च प्रर्वद्धन गरे बापत पुरस्कार प्रदान गरिएको थियो । त्रिवेणीका ब्राण्डहरुलाई बिक्री गर्दै मोबाइल एपमा प्राप्त अंकहरुको आधारमा थोक बिक्रेताहरुलाई विभिन्न खालका पुरस्कार वितरण गरिएको हो ।
कार्यक्रममा थोक बिक्रेताहरुलाई बीएमडब्ल्यू बाइक, बुलेट बाइक,आईफोन १२, टेलिभिजन, वासिंग मेसिन, फ्रिज, मोटरसाइकल लगायतका पुरस्कार हस्तान्तरण गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै त्रिवेणी व्यापारका महाप्रबन्धक जीतेन्द्रबहादुर सिंहले रिटेलर्सहरुका कारण त्रिवेणीका ब्राण्ड बजारमा स्वीकार्य भएको भन्दै रिटेलर्सप्रति आभार व्यक्त गरे।
कार्यक्रममा त्रिवेणी व्यापारकी सहायक मार्केटिङ प्रमुख सेफाली अग्रवाल, उप सेल्स प्रबन्धक मुकेश मिश्रा, क्षेत्रिय इन्चार्ज जितेन्द्रप्रसाद साहलगायतहरुको उपस्थित रहेको थियो ।