नेसनल माइक्रोफाइनान्सको ४०% बोनस सेयरमा मूल्य समायोजन |
काठमाडौं । नेसनल माइक्रोफाइनान्सको ४०% बोनस सेयरमा मूल्य समायोजन भएको छ । समायोजनपछिको भाउ नेप्सेले २६ सय १४ रुपैयाँ २९ पैसा निर्धारण गरेको छ । कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि आज पुस २७ गते मंगलबार बुक क्लोज गरेको छ ।
नेसनलले गत वर्षको नाफाबाट ४०% बोनस सेयर र कर तिर्न सहित ५% नगद लाभांश वितरण गर्दैछ । संस्थाको साधारण सभा माघ ६ गते बस्ने भएको छ । सभा क्रिक रिसोर्ट, धादिङबेसी धादिङमा बिहान ११ बजे सुरु हुनेछ ।