निर्जीवन बीमा कम्पनीलाई नगद लाभांश वितरण नगर्न बीमा समितिले दियो निर्देशन |
काठमाडौं । बीमा समितिले निर्जीवन बीमा कम्पनीहरुलाई नगद लाभांश वितरण नगर्न निर्देशन दिएको छ । समितिले सोमबार निर्जीवन बीमा कम्पनीहरुलाई सर्कुलर जारी गर्दै नगद लाभांश वितरण नगर्न निर्देशन दिएको हो ।
कोरोना बीमाको दाबी भुक्तानी नसकिएसम्मको लागि निर्जीवन बीमा कम्पनीहरुलाई नगद लाभांश वितरण गर्न रोक लगाएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी गराए ।
‘निर्जीवन बीमा कम्पनीहरुलाई नगद लाभांश वितरण नगर्न निर्देशन दिएको छ । कोरोना बीमाको दाबी भुक्तानी नसकिएकाेले नगद लाभांश वितरण गर्न रोक लगाएकाे हो,' उनले भने, ‘अहिलेको लागि हामीले निर्जीवन बीमा कम्पनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट नगद लाभांश प्रस्ताव नगर्न सर्कुलर जारी गरेका हौं ।’
निर्जीवन बीमा कम्पनीहरुलाई बोनस शेयर वितरण गर्न भने नरोक्ने समितिका कार्यकारी निर्देशक पौडेलको भनाई छ ।