आरम्भ चौतारीको बोनस शेयर नेप्सेमा सूचीकृत |
काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
लघुवित्तको २ लाख ३३ हजार १५१.४८ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ८.८५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर सोमबार नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेमा सूचीकृत उक्त बोनस शेयर, शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।