सिजेएनको नयाँ कार्यसमिति घोषणा, अध्यक्षसहित सम्पूर्ण कार्यसमिति सर्वसम्मत चयन |

काठमाडौं । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को शुक्रबार राजधानीमा सम्पन्न ११औं वार्षिक साधारणसभाले नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ ।
सिजेएनको नयाँ कार्यसमितिको अध्यक्षमा काजी श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन् । श्रेष्ठ सहकारीखबर डटकमका सम्पादक हुन् ।
यस्तै, उपाध्यक्षमा अन्नपूर्ण पोस्ट् दैनिकका तुलसीराम सुवेदी, सचिवमा सहकारी सञ्चारका अर्जुन खतिवडा, सह सचिवमा गोरखापत्र दैनिकका भेषराज बेलवासे र कोषाध्यक्षमा रातोपाटी डटकमका पत्रकार प्रयास श्रेष्ठ निर्विरोध चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा मेरोलगानी डटकमका सुधा देवकोटा र विकास न्यूज डटकमका सन्तोष रोकाया चयन भएका छन् । बाँकी दुई सदस्य भने निर्वाचित कार्यसमितिको बैठकले मनोनित गर्नेछ ।