गरिमा विकास बैंकको १६ प्रतिशत लाभांश घोषणा |

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफा तथा शेयर प्रिमियमबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
बैंकले हाल कायम चुक्ता पूँजीको १६ प्रतिशतका दले बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो। बैंकले सहारा विकास बैंकले प्राप्ति पश्चात कायम चुक्ता पूँजी ३ अर्ब ९४ करोड ८१ लाख ८३ हजार १०५ रुपैयाँको १६ प्रतिशतका दरले लाभांश वितरण गर्न लागेको हो।
नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपश्चात आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।
पुस २२ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।