नेप्सेमा दोहोरो अंकको करेक्शन, कारोबार रकममा सुधार |
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्सेमा) साताको कारोबारका चौथो दिन आज बुधबार गिरावट आएको । आज नेप्से ३०.७५ अंकले घटेर दुई हजार ६ सय ४९ दशमलब २० विन्दुमा पुगेको हो । मंगलबार नेप्से ६३.१ अंकले बढेर दुई हजार ६ सय १६ दशमलब ९४ विन्दुमा पुगेको थियो ।
त्यस्तै, कोरोबार रकममा भने सुधार भएको छ । आज ४ अर्ब ६२ करोड १५ लाख बराबरको कारोबार भएको छ । मंगलबार ४ अर्ब ३२ करोड २ लाख बराबरको कारोबार भएको थियो । नेप्सेका अनुसार आज जलविद्युत् कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीमा मध्यभोटेकोशी जलविद्युत कम्पनी रहेको छ । कम्पनीको शेयरमूल्य आज सर्किट लेभलमा बढेको हो ।
त्यस्तै, आज लघुवित्त कम्पनीको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । आज यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार शिवम सिमेन्टस् को भएको छ । यस कम्पनीको आज १८ करोड ७२ लाख भन्दा बढीको कारोबार भएको छ ।