भाइबरले सार्वजनिक गर्यो आफ्नो लेन्स प्रयोगकर्ताहरुको निष्कर्ष |
काठमाडौं । भाइबरले स्न्यापसँगको साझेदारीमा लन्च गरिएका लेन्सहरू कयौँ महिनासम्म बजारमा छाडिएपछि यसका प्रयोगबारे गरिएको अनुसन्धानको निष्कर्ष बाहिर ल्याएको छ । पहिलो लन्चको लहरदेखि नै, ७ मिलियनभन्दा बढी प्रयोगकर्ताहरूले फोटो, भिडियो अथवा जिफजस्ता माध्यमका लागि यी लेन्सको प्रयोग गरेको पाइएको छ । त्यस्तैगरी, ५.६ मिलियनभन्दा बढी प्रयोगकर्ताहरूले एपमा ५१.८ मिलियनभन्दा बढी क्याप्चरहरू गरेको पाइएको छ ।
तथ्याङ्क अनुसार तुलनात्मक हिसाबमा महिला मासिक एक्टीभ प्रयोगकर्ता ४६ प्रतिशत मात्र भएपनि लेन्सहरूको प्रयोग भने ५६ प्रतिशत प्रतिनिधित्व गर्दै एआर लेन्सद्वारा वास्तविकतालाई धेरै बढाउनेमा महिलाहरूको बहुल्यता पाइएको छ । पुरुषको तुलनामा महिलाहरूले बढी फोटो खिचेर पठाइएको देखिन्छ । ५९ प्रतिशत लेन्सहरू र यस्ता मिडिया प्रयोग गर्ने महिलामा ३० प्रतिशतले अरूलाई पठाउने गर्छन् । जबकि ५५ प्रतिशत पुरुषहरूले लेन्स र यस्ता मिडिया प्रयोग गरे पनि २७ प्रतिशत मात्रले अरूलाई पठाउने गर्छन् ।
तथ्याङ्क अनुसार “कार्टुन फेस”सर्वाधिक लोकप्रिय लेन्स पाइएको छ । जसले ठूलो, गुगली आँखा र लामो जिब्रोले ईमेजलाई आभरले गर्दछ । फेसन म्यागजिनहरूले रातो कपाललाई २०२१ को ट्रेन्डिङ कलर भनेर चर्चा गरेका छन् र यो ट्रेन्ड एआर फिल्टरहरूमा पनि फैलिएको छ । मेसेजका लागि एआर लेन्स प्रयोग गरेर रमाइलो लिनेमा सबै उमेरका सङ्लगनता रहेको पाइएको छ ।
भाइबरले यसलाई ३ समूह बाँडेर अनुसन्धान गर्दा सबैभन्दा बढी लेन्स प्रयोग गर्नेमा ३० देखि ४० उमेर समूहका मानिसहरू पाइएको छ । यस उमेर समूहका २३ प्रतिशतले लेन्सको प्रयोग गरेको पाइएको छ । त्यस्तैगरी दोस्रो बढी प्रयोग गर्ने समूह ४० देखि ६० उमेरका रहेका छन् । यस उमेर समूहका १८ प्रतिशत मानिसले लेन्सको प्रयोग गरेको पाइएको छ भने १७ बर्षभन्दा मुनिकाले १३ प्रतिशत मात्र प्रतिनिधित्व गरेको छ ।