टेस्लाकाे कार विक्रीमा रकेर्ड कायम |
काठमाडौं । विश्वका सबैभन्दा धनाढ्य व्यक्ति एलन मस्कको इलेक्ट्रिक कम्पनी टेस्लाले कार विक्रीमा रकेर्ड कायम गरेको छ । सन् २०२१ को अन्तिम त्रैमासमा सबैभन्दा कार ब्रिकी गरेको छ । टेस्लाले ९ लाख ३६ हजार १७२ कार डेलिभरी गरेको छ ।
कम्पनीले ३ लाख ८ हजार ६०० इकाइहरु डेलिभरी भएको आइतबार बताएको छ । जसको कारण मुख्य रुपमा मोडल वाई हयाचब्याक्स र मोडल ३ सेडान्सको वृद्धि हो । महँगो मोडल एस र मोडल एक्स प्रत्येककाे एक लाख डलरमा बिक्री भएकाे थियाे । फ्रिमाेन्ट, क्यालिफाेर्निया र शांघाइमा टेस्लाकाे कुल उत्पादन त्रैमासमा तीन लाख पाँच हजार ८४० इकाइहरू र वार्षिक ९ लाख ३० हजार ४२२ रहेकाे थियाे ।
चीनमा साे कार ठुलाे मात्रामा बिक्री भएकाे छ । शांघाइमा निर्माण हुने टेस्लाकाे दुइ माेडलकाे मूल्य एक महिनामा दुइ पटकले बढेकाे छ । पछिल्लाे शुक्रबार टेस्लाले एन्ट्री माेडल ३ काे मूल्य करिब ४ प्रतिशतले वृद्धि गराएर २.६५ लाख युआन पुर्याएकाे छ । साे रकम सब्सिडि पछिकाे हाे । टेस्लाकाे माेडल वाई एसयूवीकाे भाउ ७.५ प्रतिशतले बढेर ३.०१ लाख युआन भन्दा माथि पुगेकाे छ ।