५ कम्पनीको शेयरमूल्य समायोजन |

काठमाडौं । पुस १५ गते, बिहीबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ५ कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेमा मञ्जुश्री फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, समिट माइक्रोफाइनान्स, इन्फिनिटी लघुवित्त र चिलिमे हाइड्रोपावरको शेयरमूल्य समायोजन भएको हो।
नेप्सेले यस दिन मञ्जुश्री फाइनान्सको ४० प्रतिशत, एनआरएनको ५ प्रतिशत, समिट लघुवित्तको २५.२८ प्रतिशत, इन्फिनिटी लघुवित्तको २७.७० प्रतिशत र चिलिमे हाइड्रोपावरको ७.५० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात मञ्जुश्री फाइनान्सको शेयरमूल्य ६७० रुपैयाँ ७१ पैसा, एनआरएनको ५११ रुपैयाँ ४३ पैसा, समिट लघुवित्तको १ हजार १६५ रुपैयाँ ३४ पैसा, इन्फिनिटी लघुवित्तको १ हजार ३०७ रुपैयाँ ७५ पैसा र चिलिमे हाइड्रोपावर ४६७ रुपैयाँ ८१ पैसा कायम भएको छ।
नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बुधबार मञ्जुश्री फाइनान्सको शेयर प्रतिकित्ता ९३९ रुपैयाँ, एनआरएनको ५३७ रुपैयाँ, समिट लघुवित्तको १ हजार ४६० रुपैयाँ, इन्फिनिटी लघुवित्तको १ हजार ६७० रुपैयाँ र चिलिमे हाइड्रोपावरको ५०२ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको थियो।
यही समायोजित मूल्यलाई आधार मानेर पुस १८ गते आइतबार दोस्रो बजारमा यी कम्पनीहरुको शेयर कारोबार खुल्नेछ।