नेशनल माइक्रोफाइनान्सले डाक्यो साधारण सभा |
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएको छ।
लघुवित्तले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत बोनस शेयर ५ प्रतिशत नगद लाभांश गरी कुल ४५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो। सोही प्रस्ताव पारित गर्न लघुवित्तले माघ ६ गते, बिहीबार, क्रिक रिसोर्ट, धादिङबेशी, धादिङमा आठौँ वार्षिक साधारण सभा बोलाएको हो।
लाभांश प्रस्तावका साथै सभाले अन्य लघुवित्तसँग मर्जर अथवा एक्विजिशन सम्बन्धि सम्पूर्ण कार्य गर्न र लघुवित्तको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीषक नियुक्ता गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
साधारण सभा प्रयोजनार्थ लघुवित्तले पुस २७ गतेदेखि माघ ६ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउनका साथै लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।