कर्पोरेट डेभलपमेन्ट बैंकको साधारण सभा आव्हान |
काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले पुस ३० गते, शुक्रबार, होटल भिश्वा, वीरगञ्जमा चौधौँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बेलुका ५ः४५ मा शुरु हुनेछ।
सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिशनसम्बन्धी आवश्यक कार्य गर्न, बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।