स्कोडाको नयाँ ‘स्टेट अफ द आर्ट’ सोरुम बिर्तामोडमा |
काठमाडौं । नेपालका लागि युरोपको चर्चित अटोमोबाइल ब्रान्ड स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले आफ्नो नयाँ ‘स्टेट अफ द आर्ट थ्रिएस (सेल्स, सर्भिस र स्पेयर्स)’ शोरुम पूर्वको बिर्तामोडमा विस्तार गरेको छ ।
उक्त स्थानका लागि हलेसी अटोमोबाइलले आधिकारिक स्कोडाको बिक्री वितरण तथा बिक्री पछिको सेवाको जिम्मेवारी पाएको हो ।
नेपाली बजारमा स्कोडाको पकड बलियो बनाउन र स्कोडा कारको उपलब्धता बढाउन एमएडब्लु स्कोडाले आफ्नो डिलर सञ्जाललाई विस्तार गर्दै आएको छ । एमएडब्लुले सन् २००८ देखि नेपालमा स्कोडा कार भित्र्याउन सुरु गरेको थियो ।
स्कोडाको नयाँ सोरुमको उद्घाटन बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतारा प्रसाईं र एमएडब्लु स्कोडा डिभिजनका कार्यकारी निर्देशक रौनक अग्रवालले बुधबार संयुक्त रुपमा गरेका छन् । हामी हाम्रो ग्राहकको सुविधाका लागि स्कोडा सञ्जालको विस्तार गर्न र युरोपको चर्चित कारको पहुँचलाई प्रत्याभूत गर्न प्रतिबद्ध छौं । उत्कृष्ट कस्टमर एक्सपिरियन्सका लागि हामीले बिर्तामोडमा नयाँ स्टेट अफ द आर्ट स्कोडा शोरुम ल्याएका हौं’ एमएडब्लु स्कोडाका कार्यकारी निर्देशक अग्रवालले भने ।
सो अवसरमा सिइओ अग्रवालले यो फेसिलिटीले पूर्वी नेपालमा स्कोडाको बलियो उपस्थिति बनाउने दाबी गरेका छन् । साथै, स्कोडाको नयाँ डिलर हलेसी अटोमोबाइलले दुई दिने विशेष ‘टेस्ट ड्राइभ इभेन्ट’ पनि आयोजना गर्दैछ । यो अवधिमा स्कोडा कार बुकिङ गर्ने ग्राहकले आकर्षक क्यास डिस्काउन्ट, निःशुल्क सडक कर, एक्सचेन्ज बोनसको सुविधा पाउने हलेसी अटो मोबाइलका प्रबन्ध निर्देशक चूडामणि पौडेलले बताएका छन् । हाल स्कोडाको पोखरा, नारायणघाट, विराटनगर, बुटवल, जनकपुर, धनगढी र काठमाडौंमा डिलरसिप रहेको छ ।