श्रृजनशील लघुवित्तले आईपीओ निष्काशन गर्ने |
काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।
लघुवित्तले तीन करोड ३३ लाख २ हजार ५०० रुपैयाँ वरावर ३ लाख ३७ हजार २५ कित्ता शेयर निष्काशन गर्ने भएको हो ।
लघवित्तले शेयर निष्काशन गर्नको लागि सनराईज क्यापिटल लिमिटेडलाई निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरिएको छ ।
उक्त कार्यको लागि लघुवित्त वित्तीय संस्थाका तर्फवाट प्रमुख कार्यकारी अधिकृत बटुक शमशेर श्रेष्ठ तथा सनराईज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।