नबिल बैंक र खल्तीबीच मोबाईल भुक्तानी सम्बन्धी सम्झौता |
काठमाडौं । नबिल बैंक र खल्ती डिजिटल वालेटबीच मोबाईल भुक्तानी सम्बन्धी सम्झौता भएको छ ।
यस सम्झौता अनुसार बैंकका ग्राहकले नबिल स्मार्ट बैंक (मोबाईल बैंकिङ) सेवा प्रयोग गरी आफ्नाे खल्ती वालेट लोड गर्न सक्नेछन् ।
त्यसैगरी नबिल बैंकका ग्राहकहरूले अब खल्तीको प्लेटफर्ममा उपलब्ध कुनै पनि प्रकारको डिजिटल भुक्तानीहरू गर्न सक्नेछन् ।
बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल भुक्तानी सेवा पुर्याउन खल्तीसँग सहकार्य गर्न पाउँदा खुशी व्यक्त गरेकाे छ । आफ्नाे डिजिटल सेवामा खल्तीको डिजिटल भुक्तानी सेवा थप गरेसँगै बैंक आफ्ना ग्राहकहरूलाई विस्तारित सेवाका निम्ति उच्च डिजिटल सेवा प्रदान गर्न तयार समेत भएको छ ।