कृषि विकास बैंकले लाभांश पारित गर्न साधारण सभा बोलायो |
काठमाडौं । कृषि विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित लाभांश पारित गर्न साधारण सभा बोलाएको छ। बैंकले पुस २९ गते विहान ११ बजे बैंकको केन्द्रिय तालिम केन्द्र बोडे भक्तपुरबाट र्भच्युअल माध्यबाट १५ औं वार्षिक साधारण सभा बोलाएको हो।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित २० प्रतिशत बोनस शेयर र १.०५२६ प्रतिशत नगद गरी २१.०५२६ प्रतिशत लाभांश पारित गर्नेछ। बैंकको अधिकृत पूँजी तथा जारी पूँजी र चुक्ता पूँजी वृद्धि गर्ने भएकोले प्रबन्धपत्र तथा नियमावलीहरुमा संशोधन गर्न सम्बन्धमा प्रस्ताव समेत पारित गर्नेछ।
बैंकले साधारण सभा तथा लाभांश प्रयोजनको लागि पुस १६ गते देखि २९ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ। त्यस अनुसार पुस १५ गतेसम्म कायम शेयरधनीले मात्रै बैंकले वितरण गर्ने लाभांश पाउनेछन्।