४ कम्पनीको लाभांश र एक कम्पनीको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन |
काठमाडौं । पुस ८ गते, बिहीबार ४ कम्पनीको लाभांश र एक कम्पनीको हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ ज्योति विकास बैंक, एनएमबि लघुवित्त र सूर्या लाइफ इन्स्योरेन्सले भाेलि अर्थात पुस ९ गते बुकक्लोज गर्दैछ भने बुटवल पावर कम्पनीले पुस ११ गते बुकक्लोज गर्दैछ।
त्यसैगरी, समृद्धि फाइनान्सले पनि हकप्रद शेयर निष्काशन प्रयोजनार्थ पुस ११ गते बुकक्लोज गर्दैछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी ४ कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् भने समृद्धि फाइनान्सको हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्।