आइतबारदेखि निसान गाडीको नेसनवाइड सर्भिस क्याम्प |
काठमाडौं । नेपालका लागि निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटोकर्पले देशभर नेसनवाइड सर्भिस क्याम्प आयोजना गर्ने भएको छ ।
नेपाली सडकमा गुडिरहेका निसान गाडीको आवश्यक हेरचाह तथा मर्मत सम्भार प्रदान गर्न सो क्याम्प आयोजना गरिने कम्पनीको भनाइ छ ।
आगामी डिसेम्बर २६ आइतबार देखि प्रारम्भ भई डिसेम्बर २८ मा समापन गरिने उक्त सर्भिस क्याम्पमा ग्राहकलाई निःशुल्क लेबर चार्ज, निःशुल्क टप वास र निःशुल्क ९० चेक प्वाइन्ट सुविधा प्रदान गरिने छ ।
त्यसैगरी एसेसरिजमा ८० प्रतिशत सम्म छुट प्रदान गरिने छ भने नियमित सेवा र उपभोग्य वस्तुहरूमा १० प्रतिशत सम्म छुट प्रदान गरिने पायोनियर मोटोकर्पले जनाएको छ ।