गुडविल फाइनान्सले बोलायो साधारण सभा |
काठमाडौं । गुडविल फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको लाभांश पारित गर्न साधारण सभा बोलाएको छ। फाइनान्सले पुस २९ गते बिहान ११ः३० बजे होटल क्राउन इम्परियल, रविभवन, काठमाडौंमा २७ औं वार्षिक साधारण सभा बोलाएको हो।
फाइनान्सले गत आर्थिक वर्षको मुनाफबाट प्रस्तावित ९.१० प्रतिशत बोनस शेयर र ३.९० प्रतिशत नगद गरी १३ प्रतिशत लाभांश पारित गर्नेछ।
यस्तै, फाइनान्सले जारी पूँजी तथा चुक्ता पूँजी संशोधन गर्न प्रबन्धपत्र तथा नियमावली परिमार्जन गर्न सञ्चालक समिति वा समितिले तोकेको पदाधिकारीलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ।
साधारण सभा तथा लाभांश प्रयोजनको लागि फाइनान्सले पुस १६ गतेदेखि २९ गतेसम्म बुकक्लोज गर्ने जनाएको छ। त्यस अनुसार पुस १५ गतेसम्म कायम शेयरधनीले मात्रै फाइनान्सले वितरण गर्ने लाभांश पाउनेछन्।