मितेरी डेभलपमेन्ट बैंकको साधारण सभा आह्वान |
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले १६ औं वार्षिक साधारण सभा बोलाएको छ। बैंकले पुस २८ गते बिहान ११ बजे सुनसरी उद्योग वाणिज्य संघ, धरानमा साधारण सभा बोलाएको हो।
बैंकले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको १३.३० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद गरी १४ प्रतिशत लाभांश पारित गर्नेछ।
यस्तै, बैंकले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने वा गाभिने सम्बन्धमा सम्पुर्ण प्रकृया पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक समितिका प्रतिनिधित्व गर्ने गरी ३ जना सञ्चालकहरुको समेत निर्वाचन गर्नेछ।
साधारण सभा तथा लाभांश प्रयोजनको लागि बैंकले पुस १४ गते देखि २८ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ। त्यस अनुसार पुस १३ गतेसम्म कायम शेयरधनीले मात्रै बैंकको लाभांश पाउनेछन्।