बरुण हाइड्रोपावरले शतप्रतिशत हकप्रद निष्काशन गर्ने |
काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्तावलाई निरन्तरता दिदै १८ औं वार्षिक साधारण सभा बोलाएको छ।
कम्पनीले पुस २९ गते कम्पनीको रजिष्टर्ड कार्यालय अनामनगरमा बिहान १० बजे साधारण सभा बोलाएको हो।
कम्पनीले २०७३ असार २० गते सम्पन्न विषेश साधारण सभाले पारित गरेको हकप्रद निष्काशन गर्ने प्रस्तावलाई निरन्तरता दिएको छ। त्यस अनुसार सभाले १ः१ को अनुपातमा हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १६ गते बुक क्लोज गर्ने जनाएको छ। त्यस अनुसार पुस १५ गतेसम्म कायम शेयरधनीमा मात्रै सभामा सहभागि हुन सक्नेछन्।