युनियन हाइड्रोपावरले बोलायो साधारण सभा |
काठमाडौं । युनियन हाइड्रोपावर लिमिटेडले पुस २७ गते, आफ्नो रजिष्टर्ड कार्यालय, धाेबीघाटमा पन्ध्रौँ वार्षिक साधारण सभा डाकेको छ।
सो सभा बिहान ११ बजे भर्चुअलमाध्यमबाट जुम एप मार्फत सञ्चालन गरिनेछ।
सभाले प्रबन्ध सञ्चालकको नियुक्ति र पारिश्रमिक अनुमोदन सम्बन्ध, लेखापरीक्षक नियुक्त गर्ने, गत आर्थिक वर्षको आर्थिक विवरण स्वीकृत गर्ने सम्बन्धमा प्रस्ताव पारित गर्नेछ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस २१ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस २० गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।