पञ्चकन्या माईले बोलायो तीन वर्षको साधारण सभा |
काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडले पुस २८ गते, कुपण्डोल ब्याङ्क्वेट, कुपण्डोल, ललितपुरमा चौथो, पाँचौं तथा छैठौँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान ११ बजे भर्चुअलमाध्यमबाट जुम एप मार्फत सञ्चालन गरिनेछ।
सभाले कम्पनीको संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ४ (महिलासमेत) सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, गत आर्थिक वर्षको आर्थिक विवरण स्वीकृत गर्ने सम्बन्धमा प्रस्ताव पारित गर्नेछ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस २० गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।