२ वाणिज्य बैंक सहित ४ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन |
काठमाडौं । आज २ वाणिज्य बैंक सहित ४ कम्पनीहरुको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । आज नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र एनएमबि बैंक, नेपाल एसबिआई बैंक, गणपति लघुवित्त र छिमेक लघुवित्तको लाभांश प्राप्त गर्नेछन् ।
यी चारै कम्पनीहरुले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि पौष ७ गतेदेखि पौष १६ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पौष ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
एनएमबि बैंक लिमिटेडको कार्तिक १२ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १२.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.३ प्रतिशत नगद गरी कुल १५.८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको छब्बीसौँ वार्षिक साधारण सभा पौष २२ गते हुनेछ ।
गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको कार्तिक १० गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । संस्थाको पाँचौ वार्षिक साधारण सभा पौष १७ गते शनिबार, ह्वाइट हाउस पार्टी प्यालेस, शुक्लागण्डकी–४, दुलेगौँडा, तनहुँमा बिहान ११ बजेबाट हुनेछ ।
छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको मंसिर १ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३ प्रतिशत नगद गरी कुल ३० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । संस्थाको २० औँ वार्षिक साधारण सभा पुस २३ गते, शुक्रबार होटल सामना प्राली मकवानपुर हेटौडा बिहान ११ बजेबाट सूरु हुनेछ ।
नेपाल एसबिआई बैंक लिमिटेडको मंसिर ७ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ३.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी १.८१ प्रतिशत नगद गरी कुल ५.३१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । बैंकको अठ्ठाइसौँ वार्षिक साधारण सभा पौष २० गते, मंगलबार, त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।