हुन्डाईको प्रिमियम ब्राण्ड आयोनिक –५ इभी आउँदै, ५० स्थानमा चार्जिङ स्टेसन बनाउने तयारी |
काठमाडौं । हुन्डाइ गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले २०१९ बाट नेपाली बजारमा इलेक्ट्रिक गाडी बिक्रीगर्न सुरु गरेको हो । हाल नेपाली बजारमा हुन्डाइसँग कोना र आयोनिक गरी दुई मोडलका इलेक्ट्रिक गाडीहरु छन् ।
अहिले बजारमा इलेक्ट्रिक गाडी (इभी)हरुमध्ये प्रचलित रुपमा कोना नै रहेको छ । यो गाडीले ३१२ किलोमिटरसम्म माइलेज दिने कम्पनीले दावी गरेको छ । कोनाको गाडीमा स्मार्ट सेन्स, सेफ्टी सुइट, ब्रेकिङ प्याडल सिफ्टर, ६ वटा एअर ब्याग जस्ता सुविधाहरु रहेका छन् ।
सुरुवातमा कोना इभी गाडीको मुल्य ५१ लाख ९६ हजार रुपैयाँ रहेको थियो भने अहिले बजारमा यसको मुल्य ५९ लाख ९६ हजार रुपैयाँसम्म रहेको छ । हुन्डाई कोनाको दुई रेन्जको गाडीहरु आउने गर्छन् । कोना इभि १०० को ३९.२ किलोवाट ब्याट्री हुन्छ भने कोना इभि १५० को ६४ किलोवाटको ब्याट्री हुन्छ ।
हुन्डाईले नै आउदो जनवारीको अन्ततिर आयोनिक –५ १०० किलोवाटको नयाँ प्रिमियम ब्राण्डका प्रिमियम गाडी ल्याउँदै छ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आयोनिक ब्राण्डका ५ गाडी वटा इभी गाडी ल्याउने तयारी गरेको छ । २०२६ सम्ममा आठ वटा नयाँ इलेक्ट्रिक गाडी ल्याउने तयारी रहेको कम्पनीले जनाएको छ ।
बजारमा उपलब्ध भएको कोना र आयोनिक –५ गाडीमध्ये कोनाको माग अत्यधिक रहेको कम्पनीले जनाएको छ । तर, बजारमा माग अनुसार गाडीहरु उपलब्ध नभएको कम्पनीले बताएको छ । यी गाडीहरु कोरियाबाट आउने हुदाँ निश्चित समय सिमामा सिमित गाडीहरु मात्र आउने भएकाले बजारको मात्रलाई धान्न नसकेको कम्पनीको भनाई रहेको छ ।
हुन्डाईका उपत्यका बाहिरका मुख्य शहरमा हुन्डाइका १८ वटाइलेक्ट्रिक गाडीकोशोरुम रहेका छन् । यी गाडी हुन्डाई सबै शोरुम र सर्भिस सेन्टरहरुमा चार्ज गर्न सकिने व्यवस्था मिलाएको छ । हालसम्म हुन्डाईले २६ स्थान पूर्वपश्चिम राजमार्गलाई लक्ष्ति गरेर चाजिङ स्टेसन बनाइसकेको छ । यी स्टेसनहरुमा एकपटक फुलचार्ज गर्न ४०० देखि ५०० रुपैयाँसम्म लाग्छ । कोनाको इलेक्ट्रिक गाडी फुलचार्ज गरेपछि ३१२ किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दावी छ ।
इलेक्ट्रिक गाडीको मूख्य चार्जिङ स्टेसन भएकाले हुन्डाईले देशैभरी करिब ५० वटा चार्जिङ स्टेसन बनाउने योजना बनाएको छ । लक्ष्मी इन्टरकन्टिनेन्टलका ब्रान्ड म्यानेजर सन्दिप शर्माका अनुसार देशका प्रमुख पर्यटक गन्तव्यहरुमा चार्जिङ स्टेसन निर्माण सकिएको र अरुको प्रपर्टीमा भाडा वा लिजमा लिएर अन्य १० वटा स्टेसनमा पनि चार्जिङ स्टेसन बनाउन काम भइरहेको छ ।
इलेक्ट्रिक गाडीमा पेट्रोलको मुल्यभन्दा १० गुणा सस्तो पर्ने कम्पनीले जनाएको छ । साथै योे गाडीबाट ध्वनी प्रदुषण नहुने भएकाले वातावरणमैत्री रहेका छन । त्यसैगरी अन्य गाडीको तुलनामा यी गाडीहरुको कर समेत कम तिर्नुपर्ने कम्पनीले जनाएको छ ।