सानिमा बैंकको सीईओमा निश्चलराज पाण्डे नियुक्त |

काठमाडौं । सानिमा बैंक सञ्चालक समितिले बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा निश्चलराज पाण्डेलाई नियुक्त गरेको छ । उनी जनवरी २६ बाट लागू हुनेगरी चार बर्षका लागि नियुक्त भएको हालका सीईओ भुवन दाहालले जानकारी दिए ।
शुक्रबार बसेको बैंक सञ्चालक समिति बैठकले पाण्डेलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । भुवन दाहालको आठ बर्षे कार्यकाल जनवरी २५ मा सक्किदै छ । प्रमुख कार्यकारी अधिकृत दहाल दुई कार्यकाल पुरा गरेर माघ ११ गतेबाट अवकाश हुँदैछन्। त्यसपछि १२ गतेदेखि पाण्डेले बैंकको व्यवस्थापन सम्हाल्ने छन्।
पाण्डे यसअघि विभागीय प्रमुखको जिम्मेवारीमा थिए। उनलाई प्रमुख कार्यकारी अधिकृत बनाउने भएपछि बैंक सञ्चालक समितिले डेपुटी प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरिसकेको छ।