निर्धन उत्थानले बोलायो साधारण सभा, लाभांश प्रस्ताव पारित हुँदै |
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा डाकेको छ।
लघुवित्तले पुस २५ गते, आइतबार केन्द्रिय कार्यालय, नक्सालमा तेइसौँ वार्षिक साधारण सभा डाकेको हो। सो सभा दिनको १ बजे भर्चुअल माध्यमबाट सञ्चालन गरिनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको २९.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १.५५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले अधिकृत पूँजी २ अर्ब ५० करोडबाट बढाएर ३ अर्ब पुर्याउने, लघुवित्तको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिका सदस्यहरुको मनोनयन अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
साधारण सभा प्रयोजनार्थ लघुवित्तले पुस १३ गतेदेखि २५ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।