सबैको लघुवित्तको ३२.६८ प्रतिशत लाभांश पारित |
काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाको शनिबार सम्पन्न भएको पाँचौ वार्षिक साधारण सभाबाट ३२.६८ प्रतिशत लाभांश पारित भएको छ ।
बन्दिपुर माउन्टेन रिसोर्टमा शनिबार सम्पन्न भएको सभाले सञ्चालक समितिले प्रस्ताव गरेको ३१.५० प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि १.६३ प्रतिशत नगद गरी कुल ३२.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले अनुमोदन गरेको हो ।
साथै सभाले सबैको लघुवित्त र अन्य कुनै एक वा एकभन्दा बढी लघुवित्तीय संस्थाहरु एक आपसमा गाभ्न गाभिन वा प्राप्ति गर्ने सम्बन्धी आवश्यक सम्पूर्ण कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।
साथै सभाले आव २०७७।७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८र७९ को लागि लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि छmपल गरी पारित गरेको छ ।
लघुवित्त कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनार्थ मंसिर १७ गतेदेखि पुस २ गतेसम्म बन्द गरेको थियो । यस आधारमा मंसिर १६ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् ।
कम्पनी सञ्चालक समिति अध्यक्ष सृजना जोशीको अध्यक्षता सम्पन्न सभाले संस्थापक सेयरधनीको प्रतिनिधित्व हुने गरी संस्थापक समूहबाट सृजना जोशी, नारायण प्रसाद जोशी, जीवमूर्ति पन्त, प्रदीप सिग्देल शर्मालाई निर्विरोध सञ्चालकमा निर्वाचित गरेको छ ।