रियलमी जिटी नियो २ डिएक्सओमार्क ब्याट्री टेष्टको दोस्रो स्थानमा |
काठमाडौं । रियलमी जिटी नियो २ ले सोमार्क (डीएक्सओएमएआरके) ब्याट्री टेष्टमा ९४ अंक ल्याउँदै विश्वव्यापी स्मार्टफोन बजारमा दोस्रो स्थानमा रही बलियो उपस्थिति जनाएको छ।
यो परीक्षणमा आईफोन १३ प्रो म्याक्स र शाओमी ११ टी प्रोलाई रियलमी जिटी नियो २ पछि पार्न सफल भएको कम्पनीले जनाएको छ।
स्मार्टफोनका साथै अन्य उपभोक्ता विद्युतीय उपकरणहरुको गुणस्तर मूल्याङ्कन गर्ने सोमार्क अन्तर्राष्ट्रिय मान्यताप्राप्त एक स्वतन्त्र फ्रान्सेली प्रविधि कम्पनी हो।
रियलमी जिटी नियो २ लाई तीनवटा परिक्षणहरुमा मापन गरिएको थियो र यो स्मार्टफोन सबै श्रेणीहरुमा उत्कृष्ट ३ भित्र पर्न सफल भएको थियो ः अटोनोमी मा प्रथम (कति समय ब्याट्री टिक्छ वा “ब्याट्री लाइफ”),चार्जिङ मा उत्कृष्ट तीन (चार्ज हुन कति समय लाग्छ) र इफिसियन्सीमा उत्कृष्ट दुई (चार्ज वा डिस्चार्ज हुँदा फोनले कति पावर खान्छ) ।