सेञ्चुरी कमर्सियल बैंकले घाेषणा गर्याे लाभांश |
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आफ्ना शेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ६.०५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।
२०७८ पौष २ गते बसेकोे बैंक सञ्चालक समितिको ३५२औं बैठकले चुक्ता पूँजीको ६.०५ प्रतिशत लाभाशं वितरण गर्ने निर्णय गरेको हाे।
बैंकको २०७८ असार मसान्तमा कायम चुक्ता पुँजी ९ अर्व ३ करोड ४४ लाख २९ हजार ५०२ रुपैयाँ ५० पैसामा ५.७५ प्रतिशतले हुन आउने रकम ५१ करोड ९४ लाख ७९ हजार ६९६ रुपैयाँ ३९ पैसा बराबरको बोनस शेयर वितरण गर्ने र कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.३० प्रतिशतले हुन आउने रकम २ करोड ७३ लाख ४१ हजार ३६ रुपैयाँ ६५ पैसा बराबरको नगद लाभांश वितरण गर्ने निर्णय गरिएकाे हाे।
उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामी ११औं वार्षिक साधारणसभाबाट पारित भएपश्चात लाभांश वितरण गरिनेछ।