कपोरेट डेभलपमेन्ट बैंक र छ्याङदी हाइड्रोपावर हकप्रद निष्काशनको अनुमति माग्दै बोर्ड पुगे |
काठमाडौं । कपोरेट डेभलपमेन्ट बैंक र छ्याङदी हाइड्रोपावर कम्पनी हकप्रद निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेका छन् । बैंक र हाइड्रोपावरले हकप्रद निष्काशनको अनुमति माग्दै पुस १ गते बोर्डमा आवेदन दिएका हुन्।
कपोरेट डेभलपमेन्ट बैंक १ः१.५० अनुपातको दरले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता शेयर निष्काशन गर्न बोर्डमा आवेदन दिएको छ ।
बैंकको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल रहेको छ ।
यस्तै छ्याङदी हाइड्रोपावरले १०ः३ को अनुपातमा ८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँ बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।
कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटल रहेको छ ।