समृद्धि फाइनान्सलाई हकप्रद निष्काशन गर्न बोर्डको अनुमति |
काठमाडौं । समृद्धि फाइनान्सलाई हकप्रद निष्काशनको गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । बोर्डले मंसिर २९ गते फाइनान्सलाई हकप्रद निष्काशन गर्न अनुमति दिएको हो ।
फाइनान्सले हाल कायम चुक्ता पूँजीको २ः१ को अनुपात हकप्रद शेयर निष्काशन गर्न अनुमति पाएको हो ।
त्यस अनुसार फाइनान्सले प्रतिकित्ता १०० रुपैयाँका दरले २७ करोड २९ लाख ७० हजार ५०० रुपैयाँ बराबरको २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।
फाइनान्सको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केट रहेको छ ।