नेपाल राष्ट्र बैंकको प्रवक्तामा गुणाकर भट्ट |

काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक गुणाकर भट्टले पाएका छन्।
भट्ट बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक हुन्। पुस १ गतेदेखि लागु हुनेगरी उनलाइ प्रवक्ताकाे जिम्मेवारी दिइएकाे हाे।
यसअघि केन्द्रिय बैंकको प्रवक्ताको जिम्मेवारी देव कुमार ढकालले सम्हालेका थिए।