वर्ल्डलिंकले भित्र्यायाे ६ सय एमबीपीएस गतिको इन्टरनेट, यस्ताे छ प्याकेज र शुल्क |
काठमाडौं । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकले ६ सय एमबीपीएस गतिको इन्टरनेट भित्र्याएको छ । उच्च गतिको इन्टरनेट सेवा दिने उद्देश्यसहित यो प्याकेज वर्ल्डलिंकले ल्याएकाे हाे ।
यसमा नोकिया बेकन ३.० राउटर प्रयोग हुने छ। योसँगै वर्ल्डलिंकको इन्टरनेटको स्पिड अब कम्तिमा पनि १५० एमबीपीएस गतिको हुने कम्पनीले घोषणा गरेको छ ।
उपभोक्ताले पहिलाको भन्दा पनि सस्तो मूल्यमा कम्तिमा पनि १५० एमबीपीएस गतिको इन्टरनेटको अनुभव गर्न पाउने छन् । घरायसी उपभोक्ताले अब वार्षिक १४ हजार ४ सय रुपैयाँ अर्थात् मासिक एक हजार दुई सय रुपैयाँमै १५० एमबीपीएस गतिको इन्टरनेट उपभोग गर्न पाउने छन् । १५० एमबीपीएस सहित २२५ एमबीपीएस र ३ सय एमबीपीएस गतिको इन्टरनेट पनि पहिलाको भन्दा कम मूल्यमा उपभोग गर्न पाइने कम्पनीले जनाएको छ । ‘वर्ल्डलिंक सधै उपभोक्तालाई सस्तो मूल्यमा गुणस्तरीय ईन्टरनेट सेवा दिन तल्लिन छ । नेपालको ईन्टरनेट स्पिडलाई विश्वमै प्रतिस्पर्धी योजना बनाउने अनुरुप हामीले नयाँ योजना सार्वजनिक गरेका हौ,’ वर्ल्डलिंकका निर्देशक मनोज अग्रवालले भने ।
विभिन्न तथ्यांकले देखाए अनुसार विश्वमा औसत इन्टरनेटको स्पिड ८० एमबीपीएस हाराहारीमा छ भने नेपालमा इन्टरनेटको औसत स्पिड २२ एमबीपीएस छ । साढे पाँच लाख परिवारलाई इन्टरनेटसँग जोडेको कम्पनीले नयाँ योजना सार्वजनिक गरेसँगै नेपालको औसत स्पिड कम्तिमा पनि ८० एमबीपीएस पुग्ने अपेक्षा छ । काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रमका बीच वर्ल्डलिंकले आफनो नयाँ योजना सार्वजनिक गरेको छ ।
उच्च गतिको इन्टरनेट स्पिडले उपभोक्तालाई घरमै बसेर कार्यालयको काम गर्न, भिडियो हेर्न, अनलाइन कक्षामा संलग्न हुनका साथै विभिन्न गेम खेल्नको लागि निकै सहज हुने वर्ल्डलिंकको अपेक्षा छ । वल्डलिंकका हालका प्रयोगकर्ताहरुले नयाँ योजनामा सहजै सहभागी हुन सक्ने छन् । यसका लागि डुअल व्याण्ड भएको राउटर मात्रै आवश्यक पर्नेछ ।