बुटवल पावरको २० प्रतिशत लाभांश घोषणा |
काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफा तथा सञ्चित नाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस शेयर गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात सो लाभांश वितरण गरिनेछ।
मंसिर २८ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।