न्यादी हाइड्रोपावरको साधारणसभा आह्वान |
काठमाडौं । केहि समय अघि मात्रै सर्वसाधारणमा आइपीओ जारी गरेर नेप्सेमा सूचीकृत भएको न्यादी हाइड्रोपावरले १४ औ वार्षिक साधारणसभा आह्वान गरेको छ।
कम्पनीको मंसिर २२ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १४ औ वार्षिक साधारणसभा पुस २८ गते कम्पनीको रजिष्ट्रार कार्यलय बानेश्वरमा विहान ११ बजे बोलाएको हो।
साधारणसभामा कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव भने राखेको छैन। सभामा वार्षिक प्रतिवेदन पारित गर्ने तथा लेखापरिक्षक नियुक्त गर्ने र नियमावलि संशोधन गर्ने प्रस्ताव राखेको छ।