खप्तड लघुवित्तले आईपीओ जारी गर्ने, बिक्री प्रवन्धकमा प्रभु क्यापिटल |
काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक शेयर निष्काशन गर्ने भएको छ । जसका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
सो नियुक्ति सम्बन्धी सम्झौता मिति २०७८ मंसिर २७ गते सोमबार सम्पन्न भएको छ । सम्झौतामा खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुरेश बहादुर बम तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीेज्यूले हस्ताक्षर गरेका हुन् ।
सो कार्यक्रममा खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडका संचालक समितिमा अध्यक्ष सुमन प्रसाद श्रेष्ठ र संचालक रणदेव कृष्ण श्रेष्ठको समुपस्थित रहेको थियो ।
कम्पनीको अधिकृत पूँजी १० करोड, जारी पूँजी ४ करोड र हाल संस्थापकहरुबाट चुक्ता पूँजी २ करोड ६८ लाख रहेको र सर्वसाधारणका जारी हुने शेयर १ करोड ३२ लाख रकम बराबरको १ लाख ३२ हजार कित्ता शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । सर्वसाधारणलाई शेयर निष्काशन पश्चात संस्थाको चुक्ता पूँजी ४ करोड रहनेछ ।