मञ्जुश्री फाइनान्सको ४६ प्रतिशत लाभांश घोषणा |
काठमाडौँ । मञ्जुश्री फाइनान्सले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
फाइनान्सको मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई ४० प्रतिशत बोनश र कर सहित ६ प्रतिशत नगद गरी कुल ४६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र फाइनान्सको आगामि साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन्।